नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने, भोलि बोलकबोल
१७ श्रावण २०८०, बुधबार ११:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने भएको छ । केन्द्रिय बैैंकले आज एक सूचना प्रकाशित गरी भोलि इच्छुक लगानीकर्ताले बोलकबोल पेश गर्न आग्रह गरेको हो ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।
उक्त ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रियासम्बन्धि विस्तृत जानकारी बैंकको वेबसाईट मार्फत हेर्न सकिने भएको छ ।