गणपती बनस्पती र नबिल बैंकबीच च्यानल फाईनान्सिङ्ग सम्झौता

काठमाडौं । नबिल बैक लीमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने सम्झौता भएको छ ।
मंगलबार काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष द्धय श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो । त्यस्तै, बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिती थियो ।
मेक इन नेपाल–स्बदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा ठुलो घिऊ तेल उत्पादन गर्ने कम्पनी भनि चिनिएको यस गणपती बनस्पती लिमिटेड सर्बाधिक निर्यातकर्ता भई लगातार तीन पटक सम्म नेपाल उद्योग परिसंघबाट सम्मानीत पनि भएको छ ।