फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी र हिमालयन लघुवित्तलाई दाजेर हेर्दा, कुनको वित्तीय अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । सञ्चालनमा रहेका लघुवित्तहरुमध्ये हालसम्म तीन लघुवित्तहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । हालसम्म आरएसडीसी लघुवित्त, माइक्रोफाइनान्स लघुवित्त र हिमालयन लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
तीन कम्पनीको वित्तीय अवस्था हेर्दा फर्स्ट माइक्रोफाइनान्स बलियो देखिएको छ । चुक्ता पुँजी, प्रतिशेयर आम्दानी र वितरणयोग्य मुनाफामा संस्था अग्रस्थानमा रहेको छ ।

Source: 4th quater Reports
चुक्ता पुँजीको आधारमा
चुक्ता पुँजीको आधारमा फर्स्ट माइक्रोफाइनान्स सबैभन्दा बढी रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, आरएसडीसी लघुवित्तको ८६ करोड ९५ लाख र साविकको सिभिल लघुवित्त तथा हालको हिमालयन लघुवित्तको ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
जगेडा कोष
जगेडा कोषको आधारमा पनि फर्स्ट माइक्रोफाइनान्स सबैभन्दा अगाडी रहेको छ । कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तको २५ करोड ३८ लाख रुपैयाँ जगेडा कोष रहेको छ । समिक्षा अवधिमा आरएसडीसी लघुवित्तको ११ करोड ५५ लाख रुपैयाँ र हिमालयन लघुवित्तको ८ करोड ८० लाख रुपैयाँ सञ्चिती रहेको छ ।
सञ्चित मुनाफा
समिक्षा अवधिसम्ममा फर्स्ट माइक्रोफाइनान्सको सञ्चित मुनाफा पनि बढी रहेको छ । यस अवधिमा संस्थाको सञ्चित मुनाफा १८ करोड ८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रो नम्बरमा रहेको आरएसडीसी लघुवित्तको ८ करोड ८४ रुपैयाँ र हिमालयन लघुवित्तको ६० लाख रुपैयाँ बराबरको सञ्चित मुनाफा रहेको छ ।
खुद ब्याज आम्दानी
असार मसान्तसम्ममा खुद ब्याज आम्दननीको आधारमा पनि फर्स्ट माइक्रोफाइनान्स सबैभन्दा अगाडी रहेको पाइएको छ । असार मसान्तसम्ममा संस्थाले ४३ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा दोस्रो नम्बरमा रहेको आरएसडीसी लघुवित्तले २८ करोड ४९ लाख र हिमालयन लघुवित्तको २० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ ।
वितरण योग्य मुनाफा
फर्स्ट माइक्रोफाइनान्सको वितरणयोग्य मुनाफा सबैभन्दा बढी रहेको छ । समिक्षा अवधिसम्ममा संस्थाको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसका साथै, आरएसडीसी लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ८ लाख रुपैयाँ र हिमालयन लघुवित्तको ६० लाख रुपैयाँ रहेकोे छ ।
आधारदरका आधारमा
असारमसान्त सम्ममा फर्स्ट माइक्रोफाइनान्सको बेसरेट सबैभन्दा कम रहेको छ । यस अवधिसम्ममा संस्थाको बेसरेट १२.६ प्रतिशत रहेको छ । यसका साथै, आरएसडीसी लघुवित्तको १३.०८ र हिमालयन लघुवित्तको १८.९२ प्रतिशत रहेको छ ।
प्रतिशेयर आम्दानी
समिक्षा अवधिसम्ममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । यस अवधिसम्ममा संस्थाले आफ्नो प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा पुर्याउन सफल भएको छ । यसका साथै दोस्रो नम्बरमा रहेको आरएसडीसी लघुवित्तको १२ रुपैयाँ ८४ पैसा र हिमालयन लघुवित्तको ४ रुपैयाँ १८ पैसा रहेको छ ।