गुराँस लघुवित्तको नाफा र ईपीएसमा गिरावट, कस्ता छन् अन्य सूचकहरु ?

१८ श्रावण २०८०, बिहीबार ०९:२८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख रुपैयाँमा सीमित रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ३२.८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा का्ेषमा २ करोड ५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४० प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ८८ लाख रुपैयाँ निक्षेप तथा ८१ करोड ३३ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*