३५ दिनभित्र कर्जा चुक्ता नगरे नेपाल बैंकले यी सम्पत्ति लिलाम गर्ने

१८ श्रावण २०८०, बिहीबार १३:२७

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ ।
बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।

उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति लिलाम गरी बिक्री गरिने तथा ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*