मुक्तिनाथ विकास बैंक र शुक्र हाउसबीच छूट सम्झौता

१८ श्रावण २०८०, बिहीबार १४:३२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौंको पानीपोखरीमा अवस्थित शुक्र हाउस अफ डाएगनोस्टीकस एण्ड वेलनेस सेन्टरबीच छूट सम्झौता भएको छ ।

सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउसका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छूट प्राप्त गर्ने भएका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो सुविधा ल्याएको हो । यसबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*