सानिमा बैंकको व्यवसायमा ११% बृद्धि हुँदा ब्याज आम्दानी ३९% ले बढ्यो, वितरणयोग्य मुनाफामा ७७% को उछाल

१९ श्रावण २०८०, शुक्रबार ०७:०६

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । बैंकको कोर बैंकिङ व्यवसाय अर्थात निक्षेप र कर्जा परिचालन क्रमशः ११.५१ र ६.५० प्रतिशतले बृद्धि हुँदा बैंकको ब्याज आम्दानी ३९.५० प्रतिशतले बृद्धि भएको छ । परिणामतः बैंकको मुनाफा र वितरणयोग्य मुनाफामा उछाल देखिएको छ ।

बैंकले समीक्षा अवधीमा २१ अर्ब ६१ करोड रुपैयाँ ब्याज आम्दानी गरी १५ अर्ब १२ करोड रुपैयाँ निक्षेपकर्तालाई व्याज वितरण गरेको छ । बैंकले समीक्षा अवधीमा छ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले एक खर्ब ७५ अर्ब ६४ करोड रुपैयाँ निक्षेप परिचालन गरी सो ब्याज आम्दानी गरेको छ । त्यस्तै, बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ ऋण लगानी गरेर २१ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको हो ।

सानिमा बैंकको कोर बैंकिङ सिष्टम विश्लेषण गर्दा निक्षेप बृद्धि ११.५१ प्रतिशत, ऋण प्रवाह बृद्धि ६.५० प्रतिशत, ब्याज आम्दानी बृद्धि ४५.५७ प्रतिशत र ब्याज खर्च बृद्धि ४८.३४ प्रतिशत रहेको छ । उल्लेखित अवस्थाबाट कम्पनीले खुद ब्याज आम्दानीमा ३९.५ प्रतिशतको बृद्धि हासिल गरेको देखिएको छ ।

बैंकले अन्य सेवा प्रवाहबाट प्राप्त आम्दानीमा भने ८.११ प्रतिशतले घटेको देखिएको छ । सञ्चालन मुनाफा छ अर्ब ५८ करोड रहेको बैंकको खुद मुनाफा दुई अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ आर्जर्न गर्न सफल भएको छ । बैंकको खुद नाफा २५.१२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा बैंकको मुनाफा दुई अर्ब नौ करोड रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा जम्मा एक अर्ब २४ करोड रुपैयाँ थियो । गत आवमा बैंकको वितरणयोग्य मुनाफा नै ७७.५६ प्रतिशतले बृद्धि भएको छ ।

यस अनुसार बैंकको प्रतिशेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २१.०२ रुपैयाँ रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य १७३०.६५ रुपैयाँ रहेको छ । कूल १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा छ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । सानिमा बैंक गैर आवासिय नेपालीहरुले प्रबद्र्धन गरेको बैंक हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*