सिद्धार्थ बैंकले कमायो ३ अर्ब बढी रुपैयाँ, खुद ब्याज आम्दानी र ईपीएस कति ?

१९ श्रावण २०८०, शुक्रबार ०९:२५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले. गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ ।

समिक्षा अवधिमा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले खुद फि तथा कमिशन आम्दानी मार्फत १ अर्ब ३६ करोड रुपैयाँ र सञ्चालन मुनाफा ९ प्रतिशतले बढाएर ४ अर्ब ६८ करोड पुर्याउन सफल भएको छ । यस अनुसार बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*