छ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)

१९ श्रावण २०८०, शुक्रबार १५:४४

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त र गुराँस लघुवित्त संस्थाहरु रहेका छन् । वित्तीय विवरण प्रकाशित गरेका लघुवित्त कम्पनीहरुमध्ये सपोर्ट लघुवित्त अधिकांश सूचकमा अब्बल देखिएको छ ।

सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा संस्थाको खुद नाफा १३२.२३ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४२.०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।

लघुवित्तको जगेडा कोषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ३३ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ सापटीबाट १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गणपति लघुवित्त
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्म वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा ६७.८४ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १४.७१ प्रतिशतले घटेर ११ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १३ करोड ४९ लाख रुपैयाँ थियो ।

असार मसान्तसम्ममा संस्थाको सञ्चालन मुनाफा ५६.८३ प्रतिशतले घटेर ९८ लाख ८८ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २ करोड २९ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिई २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.१८ रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस १४.४२ रुपैयाँ कायम भएको थियो। पीई रेसियो १३१.१३ गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२९.२४ रुपैयाँ रहेको छ ।

गुराँस लघुवित्त
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख रुपैयाँमा सीमित रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १७.१४ प्रतिशत घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ६१.५४ प्रतिशत बढेर २ करोड १८ रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.१० प्रतिशत घटेर ७ करोड ८७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ३२.८३ प्रतिशत घटेर ४४ लाखमा झरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा का्ेषमा २ करोड ५ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४० प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ८८ लाख रुपैयाँ निक्षेप तथा ८१ करोड ३३ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमाससम्मको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार फाइनान्सको व्यवसाय तथा खुद नाफा घटेको छ ।

सार्वजनिक भएको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म लघुवित्तले १९ करोड ६९ लाख खुद नाफा प्राप्त गरेको छ जुन अघिल्लो आवको तुलनामा २३।३९ प्रतिशत कम हो । अघिल्लो आवमा लघुवित्तले सोही अवधिमा २५ करोड ७० लाख नाफा आर्जन गरेको थियो ।

तथ्यांकानुसार लघुवित्तको कुल सञ्चालन आम्दानी ४।१४ प्रतिशत घटेको देखिएको छ भने म्ुनाफा २३।४२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १।८७ प्रतिशतले बढ्दा खुद कमिशन आम्दानी भने ४०।८२ प्रतिशतले घटेको छ । त्यस्तै समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा शून्यबाट ०।६६ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज पनि ११ करोड ६५ लाख रुपैयाँ भएको छ ।

समीक्षा अवधिमा सापटी २१।०७ प्रतिशतले घटेको यस लघुवित्तमा कर्जा लगानी २६।३३ प्रतिशतले घटेको तथ्यांकले देखाएकोे छ । असार मसान्तसम्मको लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

लघुवित्तको नाफासहित प्रतिशेयर आम्दानी पनि घटेको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा ९ रुपैयाँ ४९ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा पुगेको देखिएको छ । असार मसान्तसम्म १३७ रुपैयाँ ८६ पैसा नेटवर्थ रहेको यस लघुवित्तको मूल्य आम्दानी अनुपात ४१।९१ गुणा रहेको सार्वजनिक तथ्यांकमा देखिएको छ ।

आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको छ ।

संस्थाले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेका छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। फलस्वरुप लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५.८८ प्रतिशत मात्र बढेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसकेका कारण लघुवित्त यस्तो आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ।

गत आर्थिक वर्ष ८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब ८२ करोड रुपैयाँ सापटिबाट ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हिमालयन लघुवित्त

हिमालयन लघुवित्तको खुद नाफा घटेको छ । संस्थाले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ७८.५० प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा सीमित रहेको छ । गत आर्थिक वर्षकोे सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी २४.५२ प्रतिशतले घटेर २० २३ लाख रुपैयाँ र खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशतले घटेर ६ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको प्रकाशित विवरणले देखाएको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ ।

लघुवित्तको खुद नाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा रहेको थियो । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*