चार वाणिज्य बैंकको वित्तीय विवरणः सिद्धार्थ बैंक मुनाफामा अग्रस्थानमा, बृद्धिदरमा सानिमा बैंक (तथ्यांकसहित)

१९ श्रावण २०८०, शुक्रबार १७:०७

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्थे ४ बैंकले मात्रै गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, माछापुच्छे«, सिद्धार्थ बैंक र सानिमा बैंक रहेका छन् । बैंकहरु मध्थे सानिमा बैंकको खुद नाफा सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

चार वाणिज्य बैंकहरुमध्ये समिक्षा अवधिमा सिद्धार्थ बैंकले सबैभन्दा बढी मुनाफा आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिमा सानिमा बैंकको खुद नाफा २५ दशमलव १३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो नम्बरमा रहेको सिटिजन्स बैंकको नाफा १० दशमलव ४१ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरको प्रकाशित विवरणले देखाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसका साथै आज वित्तीय विवरण सार्वजनिक गरेको सिद्धार्थ बैंकले गत आर्थिक वर्षको तुलनामा ९ दशमलव ९१ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवको यही अवधिसम्ममा २ अर्ब ९० लाख रुपैयाँ कमाएको थियो ।

प्रकाशित विवरण अनुसार माछापुच्छे« बैंकले समिक्षा अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ९.७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*