नेपाल फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा गिरावट

२० श्रावण २०८०, शनिबार ०९:५४

नेपाल फाइनान्स लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७।१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेपछि फाइनान्सको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १८।४२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८।०१ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी ०।२२ प्रतिशत र सञ्चालन मुनाफा ५१।२९ प्रतिशत घटेको छ। फाइनान्सको निष्क्रिय कर्जा १४।०७ प्रतिशतबाट घटेर १२।१६ प्रतिशतमा झरेको छ।

असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर ३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ९९।४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४ पैसा रहेको छ।

७२ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २६ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप १२।१५ प्रतिशत बढेको छ भने कर्जा ३२।०७ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*