कृषि विकास बैंकको खुद नाफा बढ्यो, लाभांश क्षमता कति ?

२० श्रावण २०८०, शनिबार १०:००

कृषि विकास बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५।९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३।३० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३।२८ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्ष २३ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको खुद ट्रेडिङ्ग आम्दानी, गत आर्थिक वर्षमा बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। जसका कारण बैंकको कुल सञ्चालन आम्दानी ७।४४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २६।०७ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १९।८९ प्रतिशत रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११।३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा रहेको छ।

१३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १९।७५ प्रतिशत बढेको छ भने कर्जा लगानी ०।९३ प्रतिशत घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*