प्रभु बैंकको मुनाफा ४८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

२० श्रावण २०८०, शनिबार १०:१३

प्रभु बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण्म सार्वजनिक गरेको छ ।

यसअवधिसम्म्मा बैंकले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८।५४ प्रतिशत ले बढेको हो । प्रभुको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपछि खुद नाफा बढेको हो ।

यसअवधिमा खुद ब्याज आम्दानी ७८।६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ नाघेको छ ।यद्दपि, बैंकलाई खराब व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । अघिल्लो वर्ष १।८६ प्तिशत रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४।१६ प्रतिशतपुगेको छ । जसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ ।

खराब कर्जाको व्यवस्थापनलाई बैंकले उच्च प्राथमिकतामा राखेको चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ ।गत वर्ष सेन्चुरी बैंकलाई एक्वायर गरेपछि प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब बढी पुगेको छ । रिजर्भ कोष ८५।३६ प्रतिशत ले बढेर १० अर्ब रुपैयाँ नाघेको छ । यता, चुक्ता पुँजीमा भारी वृद्धि भएका कारण खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी केही दबाबमा आएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी २।९७ प्रतिशत ले घटेर अहिले १२ रुपैयाँमा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*