एभरेष्ट बैंकको खुद नाफामा ३६.८५ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?

२१ श्रावण २०८०, आईतवार ०९:२५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड  रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी ४३.७४ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ८० रुपैयाँ पुुगेको छ । बैंकको संचालन नाफा ३६.५० प्रतिशत बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७९ प्रतिशतमा सिमित राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.७२ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*