नेपाल एसबीआई बैंकको नाफा र ब्याज आम्दानीमा सामान्य बृद्धि, अन्य सूचक कस्ता ?

२१ श्रावण २०८०, आईतवार १०:२६

काठमाडौं । नेपाल एसबीआई बैंकको खुद नाफा ३६.८३ प्रतिशतले बढेको छ । प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ३६ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३५.१६ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३४.५३ प्रतिशतले बढेर ५ अर्ब ७६ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ। यो हिसाबले बैंकको १४ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने क्षमता देखिन्छ ।

बैंकको रिजर्भको आकार २०.०३ प्रतिशतले बढेर ७ अर्ब १७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २२.१५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १६.१९ रुपैयाँ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*