सिन्धु विकास बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

२१ श्रावण २०८०, आईतवार ११:०२

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले एक लाख ३४ हजार २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा काभ्रेपलान्चोकमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*