वाणिज्य बैंकहरूको मुनाफा ७० अर्ब: नबिल, ग्लोबल राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा कुनले कति कमाए ?

२१ श्रावण २०८०, आईतवार १२:३८

काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार वाणिज्य बैंकहरूले गएको वर्ष ७० अर्ब १ करोड ७५ लाख ८ सय १२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्म्मा खुद मुनाफाको आधारमा हेर्ने हो भने नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ७६.७० प्रतिशतले बढेको छ। बैंकले असारमसान्तसम्ममा ७ अर्ब ५२ करोड रुपैंयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा पनि सुधार देखिएको छ। गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।४६ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ अर्ब ३९ करोड रुपैयाँ ब्याज खर्च गरी १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको इम्प्रियरमेन्ट चार्च १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। ११ अर्ब १ करोड रुपैयाँ संचालन नाफा कमाएको बैंकले ३ अर्ब २५ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ।

यस्तै बैंकको तेस्रो त्रैमासको तुलनामा खराब कर्जा घटेपनि अघिल्लो वर्षको तुलनामा झन्डै शतप्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष १.६२ प्रतिशत रहेको खराव कर्जा गत आर्थिक वर्षको अन्त्यसम्ममा ३.२० प्रतिशत कायम भएको छ।

दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ।

तस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ। बैंकले गत वर्ष खुद नाफा ४ अर्ब ९१ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड नाफा गरेको थियो।

चौथौ स्थामा एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो आव २०७८/०७९ को भन्दा १०.३५ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकले ४ अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ खुद रुपैयाँ नाफा कमाएको थियो।

पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ। यस बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६० करोड रहेको छ। यस बैंकको खराव कर्जा ४.३५ प्रतिशत रहेको छ।

स्ट्ण्डयार्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५२ करोड नाफा गरेको छ। यस बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.२७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ यस बैंकको खुद नाफा २.२५ अर्ब रहेको थियो।गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ।

 

यस्तै एनएमबी बैंकले ३ अर्ब ४१ करोड रुपैंयाँ खुद नाफा गर्दा वितरणयोग्य नाफा भने १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। बैंकको खराव कर्जा २.७२ प्रतिशत रहेको छ।नेपाल बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७० प्रतिशतले बढेको छ।गत आवमा बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ। अघिल्लो आवमा बैंकको खुदा नाफा २ अर्ब ९२ करोड रूपैयाँ रहेको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ।

सिभिल बैंकलाई प्राप्ति गरेको हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ अर्ब २६ करोड ६१ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.९६ प्रतिशतले बढी हो। अघिल्ल वर्ष बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस बैंकको खराव कर्जा भने ४.५७ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकका अधिकांश सुचकहरू आकर्षक देखिएका छन्। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९१ करोड ३७ लाख अर्थात ३६.८५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले २ अर्ब ४८ करोड रुपैयाँ बराबर खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षका लागि बैंकले वितरणयोग्य नाफाका लागि ४ अर्ब ३३ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८८ करोड रहेको थियो।सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ९० करोड खुद नाफा गरेको बैंकले गत वर्ष २९ करोड रुपैयाँ नाफा थप्न सफल भएको छ।

कृषि विकास बैंकले गत आर्थिक वर्ष करिब ३ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब २२ करोड खुद नाफा गरेको यस बैंकको नाफा गत आ.बमा ३९.२५ प्रतिशतले बढेको छ।सानिमा बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७९÷८० को अपरिष्कृत वित्तीय विवरणनुसार बैंकले यस अवधिमा २ अर्ब ६१ करोड रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले यस अवधिमा ५२ करोड ६१ लाख रूपैयाँ अर्थात् २५.१७ प्रतिशतले नाफा बढाएको छ।

प्रभु बैंकको वितरणयोग्य नाफा करिब ८४.४ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकको यस्तो नाफा करिब ८७ करोड ७१ लाख रूपैयाँले घटेको छ।सिटिजन्स बैंक इन्टरनेशनलले गत वर्ष करिब साढे २ अर्ब रूपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५६ लाख १० हजार रूपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो।

आर्थिक वर्ष २०७९/८० मा माछापुच्छ्रे बैंकले आफ्ना सूचकमा सुधार गरेको छ। यस बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष वर्ष बैंकले १ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा बैंकले १ अर्ब ६८ अर्ब नाफा गरेको थियो।

एकिकृत कारोबार शुरु गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यता प्राइम कर्सियल बैंकको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष २ अर्ब २६ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। बैंकको खराव कर्जा बढेर ४.२३ प्रतिशत पुगको छ।

प्राइम बैंकसँगै कुमारी बैंक लिमिटेडको पनि खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २४.१४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*