तीन वाणिज्य बैंकले यस बर्ष शेयरधनीलाई लाभांश नदिने

२१ श्रावण २०८०, आईतवार १३:४९

काठमाडौं । यो आर्थिक बर्षमा तीन  बैंकले आफना शेयरधनीलाई लाभांश दिन नसक्ने देखिएको छ। हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ।

बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले लाभांश दिन नसक्ने अवस्थामा देखिएका छन्।

गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांश दिने क्षमता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता ०.४६ प्रतिशतमात्रै छ। गत वर्ष बैंकले ११ प्रतिशत लाभांश दिएको हो ।

प्रभु बैंकको लाभांश क्षमता ०.६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक छ । गत वर्ष प्रभु बैंकले ८ प्रतिशत लाभांश दिएको थियो भने प्राइम बैंकले ९.९५ प्रतिशत लाभांश दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*