किसान लघुवित्त र विजय लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

२१ श्रावण २०८०, आईतवार १८:१९

काठमाडौं । किसान लघुवित्त र आरएमडीसी लघुवित्ति मर्जर पश्चात बनेको किसान लघुवित्तको १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता र विजय लघुवित्त र नयाँ सारथी लघुवित्त मर्जर पश्चात बनेको विजय लघुवित्तको ३६ लाख १० हजार ४०३.५९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

किसान लघुवित्तको असार २४ देखि एकीकृत कारोबार थाल्ने भएपछि १५ दिन शेयर कारोबार रोक्का गरेको थियो । मर्जरपछि नेप्सेमा शेयर सूचीकृत भएपछि सोमबारदेखि नै किसान लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

किसान लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि ८४८ रुपैयाँ ३६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जमा कम्पनीको शेयर कारोबार हुनेछ ।
किसान लघुवित्तको शेयरलाई नेप्सेले एसकेबीबीएल कारोबार संकेत प्रदान गरेको छ ।

त्यस्तै, विजय लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारका लागि ७०३ रुपैयाँ ५५ पैसा ओपनिङ्ग रेन्ज दिएको छ । सोही रेन्जमा कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउने छ । विजय लघुवित्तको साउन २१ गतेको निर्णय अनुसा विजय लघुवित्तको नामा सूचीकरण भई मर्जर प्रयोजनाको लागि रोक्का रहेको शेयर कारोबार फुकुवा गरेको हो ।
लघुवित्तको शेयरलाई नेप्सेले भिएबीएस कारोबार संकेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*