राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ५ अर्ब माथि, कुनको वित्तिय अवस्था कस्तो ? (सूची सहित)

२१ श्रावण २०८०, आईतवार १९:३३

काठमाडौं ।राष्ट्रिय स्तरका आठ विकास बैंकले गत चालु आर्थिक बर्षको असार समान्तसम्ममा ५ अर्ब ८१करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६ अर्ब ३१  करोड रुपैयाँ बराबको नाफा कमाएको थियो । यो गत बर्षको तुलनामा ७।८३  प्रतिशतले कम हो ।

बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ वटा विकास बैंकहरुले मध्ये ३ बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा बढी नाफा कमाएको छ । यसरी नाफा वृद्धि गर्न सफल भएको बैंकमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।

सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक रहेको छ । सो बैंकले गत बर्षको तुलनामा २१।२९ प्रतिशत नाफा बढाएर ७८ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ । गतवर्षको सोही अवधिमा बैंकले ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

वित्तीय विवरण प्रकाशित गरेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्षमा ५ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८३ प्रतिशतले कम हो । अघिल्लो आवको चैत मसान्तसम्म यी बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

समिक्षा अवधिमा शाइन रेसङ्गाा बैंकको खुद नाफा सर्बाधिक बढेको छ । यस अवधिमा बैंकको खुद नाफा २१ दशमलव २९ प्रतिशतले बढेर ७८ करोड ६८ लाख रुपैयाँ पुुगेको छ ।दोस्रो नम्बरमा गरिमा विकास बैंक रहेको छ । यस अवधिमा बैंकको खुद नाफा १८ दशमलव १९ प्रतिशतले बढेर १ अर्ब २१ करोड पुुगेको छ । खुद नाफाका आधारमा मक्तिनाथ बैंकले सबैभन्दा बढी खुद नाफा रहेको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ३६ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*