वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा ३२ अर्ब नजिक, कुनको कति ? (सूचीसहित)

२२ श्रावण २०८०, सोमबार १७:०८

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंहरुको वितरणयोग्य मुनाफा ३१ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा बढी रहेको छ । यस अवधिमा बैंकको ४ अर्ब ३३ करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । जस अनुसार अन्य बैंकको तुलनामा एभरेष्ट बैंकको लाभांश क्षमता पनि सर्वाधिक बढी रहेको छ ।विगत पाँच वर्षदेखि बैंकले आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल दिन सकिरहेको थिएन । यस आर्थिक वर्षमा बैंकले आफ्ना शेयरधनीलाई उचित प्रतिफल दिन सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

दोस्रो नम्बरमा नबिल बैक रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसका साथै पुँजीकोष अनुपात नपुर्याएको कारण बैंकले विगत २ वर्षदेखि आफ्ना शेयरधनीको हात राख्नु परेको थियो । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार यस आर्थिक वर्ष पनि सीसीआरसी पुर्याउन नसके बैंकले लाभांश वितरण गर्न पाउदैन ।

राष्ट्र बैंकले तीन–तीन महिनामा सीसीआरसीको विवरण सार्वजनिक गर्ने गर्दछ । सो विवरण पश्चात् मात्र बैंकले लाभांश वितरण गर्ने वा नगर्ने विषय खुल्न आउछ । लगानीकर्ताहरुले भने लामो समयदेखि उचित प्रतिफलको आश गरिरहेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने क्षमतामा तेस्रो उत्कृष्ट बनेको एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकको २ अर्ब ७३ करोड रुपैयाँ, सानिमा बैंकको २ अर्ब २० करोड रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब रुपैयाँ, लक्ष्मी सनराईज बैंकको १ अर्ब ९३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।  समिक्षा अवधिमा प्राइम कमर्सियल बैंकको ३० करोड १५ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड १६लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकको चाँही वितरणयोग्य मुनाफा घटेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७१ करोड १४ लाख रुपैयाँ र कुमारी बैंकको ८४ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*