मितेरी डेभलपमेन्टको लाभांश क्षमता सबैभन्दा धेरै, तीन बाहेक अन्यले लाभांश बाड्न नसक्ने

२२ श्रावण २०८०, सोमबार १८:४९

काठमाडौं । क्षेत्रीय स्तरका विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले अन्यले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश बाड्न नसक्ने देखिएको छ।

क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको वित्तीय प्रदर्शन निकै राम्रो रहेको छ भने अरुको सन्तोषजनक छैन । मितेरी डेभलपमेन्टको लाभांश क्षमता १३.८३ प्रतिशत रहेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये सर्वाधिक लाभांश क्षमता भएको बैंक हो ।

क्षेत्रीय स्तरका विकास बैंकमध्ये एक्सल डेभलपमेन्ट बैंकले ९.५४ प्रतिशत तथा कर्णाली डेभलपमेन्ट बैंकले ९.८ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएका छन् । बाँकी बैंकहरुको लाभांश बाँड्न सक्ने क्षमता देखिदैन ।

गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशीको खूद नाफा घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*