प्रतिशेयर आम्दानीमा एनआईसी एशिया, स्टाण्डर्ड चार्टर्ड , एभरेष्ट बैंक सबैभन्दा अगाडी, अन्य कुनको कति ? (सूचीसहित)

२३ श्रावण २०८०, मंगलवार १४:४६

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ । एनआईसी एशिया बैंकले विगत दुुई वर्षदेखि लाभांश वितरण गर्न पाएको छैन । सो कारण पनि बैंकको प्रतिशेयर आम्दानी अग्रस्थानमा देखिएको हो ।

दोस्रो नम्बरमा चार्टर्ड  बैंक रहेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा रहेको प्रकाशित विवरणले देखाएको छ ।

समिक्षा अवधिमा लाभांश क्षमता सबैभन्दा बढी रहेको एभरेष्ट बैंक प्रतिशेयर आम्दानीको आधारमा दोस्रो नम्बरमा रहेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४५ पैसा रहेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी खुद नाफा आर्जन गरेको नबिल बैंकले पाँचौ स्थानमा रहेको छ । यस अवधिमा बैैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

असार मसान्तसम्ममा नेपाल बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २२ पैसा, सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, सानिमा बैंकको २१ रुपैयाँ, कृषि विकास बैंकको २० रुपैयाँ ६२ पैसा रहेको छ ।

समिक्षा अवधिमा कुमारी बैंकको सबैभन्दा कम प्रतिशेयर आम्दानी रहेको छ । यस अबधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*