शेयर मूल्यमा नबिललाई उछिन्दै एभरेष्ट बैंक, गोलभेडाको मूल्यमा तीन बैंकको शेयर किन्ने अवसर (सूचि सहित)

२३ श्रावण २०८०, मंगलवार १६:५१

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । दोस्रो बजारमा आज बैंकिङ्ग उपसूचक सबैभन्दा बढी प्रतिशतले घटेको देखिएको छ ।

नेप्सेमा आज कारोबार भएका १८ बाणिज्य बैंकहरुमध्ये प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक रहेको छ । बैंकको शेयरमूल्य ७७० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकलाई उछिन्दै एभरेष्ट बैंक दोस्रो स्थानमा पुुगेको छ । आज बैंकको शेयर कारोबार ६०७ रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको नबिल बैंक तेस्रो स्थान ओगट्न सफल भएको छ । आज दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ६०० रुपैयाँमा कारोबार भएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकको आज प्रतिकित्ता ५५४ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको ३२५ रुपैयाँ, सानिमा बैंकको २९४ रुपैयाँ, माच्छापुुच्छे बैंकको २६० रुपैयाँ, सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको आज प्रतिकित्ता २५७ रुपैयाँ शेयर किनबेच भएको छ ।

यसका साथै, आज एनएमबि बैंकको २२७ रुपैयाँ, ग्लोबल आईएमई बैंकको २०७ रुपैयाँ, हिमालयन बैंकको २०५ रुपैयाँ, प्राइम कमर्सियल बैंकको १८४ रुपैयाँ, सिटिजन्स बैंकको १८२ रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७७ रुपैयाँमा शेयर कारोबार भएको छ ।

मंगलबार प्रभु बैंक र कुमारी बैंकको शेयर कारोबार प्रतिकित्ता सबैभन्दा कम मूल्यमा भएको छ । आज प्रभु बैंकको शेयर प्रतिकित्ता मूल्य १६३ रुपैयाँ र कुमारी बैंकको शेयर प्रतिकित्ता १६२ रुपैयाँमा किनबेच भएको छ ।

One thought on “शेयर मूल्यमा नबिललाई उछिन्दै एभरेष्ट बैंक, गोलभेडाको मूल्यमा तीन बैंकको शेयर किन्ने अवसर (सूचि सहित)

  1. DP Pandey says:

    Thanks for good information

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*