कालिका लघुवित्तको खुद नाफा ६४⁒ र ब्याज आम्दानी १३⁒ ले घट्दा ईपीएस कति ?

२५ श्रावण २०८०, बिहीबार १०:३७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तले ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.०१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले नाफा १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा संस्थाको सञ्चालन आम्दानी २७.५१ प्रतिशत घटेर ५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३६ प्रतिशत घटेर ३१ करोड रुपैयाँ पुुगेको छ भने सञ्चालन मुनाफा ६४.०४ प्रतिशत घटेर ६ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४९ लाख रुपैयाँ छुट्याएको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ३ करोड ६० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ६५ पैसा घटेर १२ रुपैयाँ ४२ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७ पैसा रहेको छ ।

लघुवित्तको जगेडा कोषमा १८ करोड २६ लाख ९१ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.२० प्रतिशत घटेको छ भने कर्जा लगानी २.१२ प्रतिशत घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*