सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२९ श्रावण २०८०, सोमबार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५.०२ अंकले घटेर २०७५ को विन्दुमा कायम भएको छ ।

सोमबार शेयर बजार घटेसँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ६.४६ प्रतिशतले अर्थात प्रतिकित्ता ५३ रुपैयाँले घटेर ७६८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज बुद्ध भुमि नेपाल हाइड्रोपावर, हिमालयन उर्जा विकास, शुभम पावर, सानिमा ग्रोथ फण्ड, अप्पर तामाकोशी हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*