खराब कर्जा बढेसँगै जाल्पा सामुदायिक लघुवित्त ११ करोडको नोक्सानमा

२९ श्रावण २०८०, सोमबार १८:०३

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले गत आवको चौथो त्रैमासम्ममा ११ करोड २४ लाख ५२ हजार घाटा बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ६१ लाख २ हजार खुद नाफा कमाएको तथ्यांकले देखाएको छ ।

त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ३१ करोड १७ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । सो समयमा कम्पनी १५ करोड १७ लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । कम्पनीको खराब कर्जा ५.६५ प्रतिशतले बढेर ८.३९ प्रतिशत पुगेको छ ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकोले कम्पनीको नाफामा प्रभाव परेको हो । कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*