आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो

३० श्रावण २०८०, मंगलवार ०७:३८

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद बीमाशुल्क आर्जन र बीमा कोषको आकार बढेको कारण खुद नाफा पनि बढेको हो । बीमा कोषको आकार १५२।५२ प्रतिशत ले बढेर १ अर्ब ४० करोड ४३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । खुद बीमा शुल्क आर्जन ३२।३३ प्रतिशत ले बढेर ८५ करोड ६७ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३५ हजार रुपैयाँ र जगेडा कोषमा ५६ करोड ८३ लाख ८१ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*