मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

३० श्रावण २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ ।

मंगलबार शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज इमर्जिङ नेपालको शेयरमूल्य सर्वाधिक प्रतिशतले बढेको छ । आज कम्पनीको शेयर बजार ५.१८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार १६ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको डिभेन्चर २०८७, सिक्लेस हाइड्रोपावर, एनआइबिएल ग्रोथ फण्ड, एनआइबिएल समृद्धि फण्ड लगायतको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*