महालक्ष्मी विकास बैंक ‘बीएफआईएन एल एण्ड डी एक्सलेन्स अवार्ड –२०२३’ द्वारा सम्मानित
काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) द्वारा प्रदान गरिने एल एण्ड डी एक्सलेन्स अवार्ड –२०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको हो । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको छ ।
श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न ‘लिडर्स फर द नेक्स्ट जेनेरेशनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता समेत जनाएको छ ।