महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

३१ श्रावण २०८०, बुधबार ११:२०

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

सो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (साउन ३१) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडांैमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीको निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*