कुमारी बैंकको लकर खातावालाई बैंकको जरुरी सूचना

३१ श्रावण २०८०, बुधबार ११:४८

काठमाडौं । कुमारी बैंक लिमिटेडको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । सो शाखाको लकर सुविधा उपभोग गरिरहेका ग्राहकलाई बैंकले बहुमूल्य सामान निकाल्न आग्रह गरेको छ ।

बैंकको चुच्चेपाटी शाखा कार्यालय हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ चावहिल प्लाजामा अवस्थित चावहिल शाखा कार्यालयबाट सञ्चालन गरिने भएको छ । बैंकको चुच्चेपाटी शाखा कार्यालयको लकरबाट आफ्नो बहुमूल्य सामानहरु भदौ ५ गतेभित्र चाबहिल शाखामा रहेको लकरमा सार्न बैंकले आग्रह गरेको छ ।

अन्यथा लकर सार्दा लकरमा रहेको सामानहरुप्रति क्षती भएमा बैंक जिम्मेवार नरहने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*