नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

३१ श्रावण २०८०, बुधबार १३:०८

काठमाडौं ।  नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२।७७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१।१२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २४।५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७२।१० प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ४ करोड ९८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ४।७४ प्रतिशतबाट बढेर ५।०५ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा घटेर ७ रुपैयाँ ९१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ३५ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ८६।९८ गुणा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*