५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन लुम्बिनी विकास बैंकको आग्रह

३२ श्रावण २०८०, बिहीबार १७:०४

काठमाडौं । लुम्बिनी विकास बैंकले वीरगंज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडलाई विभिन्न सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो ।

लाभांश रकम लिन आफ्नो परिचय खुल्ने प्रमाणसहित लिन बाँकी लाभांश रकम सूचना प्रकाशित मितिले ३० दिनभित्र बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।

लाभांश रकम बुझिलिन बाँकी शेयरधनीको विवरण यस विकास बैंकको वेवसाईट www.lumbinibikasbank.com मा Unclaimed Dividend शीर्षकमा हेर्न सकिने छ । तोकिएको समयावधिभित्र लाभांश रकम लिन नआएको खण्डमा सो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*