मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ८० प्रतिशतले गिरावट, कस्ता छन् अन्य सूचक ?

१ भाद्र २०८०, शुक्रबार १०:१३

काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा संस्थाको नाफामा गिरावट आएको छ ।

समीक्षा अवधिमा संस्थाले ७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८०.५६ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३७ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ८२.७५ प्रतिशतले घटेर ९ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५४ करोड १६ लाख रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७६ करोड १९ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा ४.६५ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ९ करोड रुपैयाँ थियो ।

गत आवको असार मसान्तसम्ममा संस्थाले ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिई १३ अर्ब ९३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १० अर्ब ३९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ३५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५.४५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ३०.८६ रुपैयाँ थियो। पीई रेसियो १२१.३० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४६.१६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*