सरकारी बैंकले नै ब्याजदर बढाएपछि अर्थमन्त्रीले लिए बैंकका अध्यक्ष र सिईओसँग स्पष्टीकरण, ब्याजदर घटाउन तीन बैंकलाई दबाब

१ भाद्र २०८०, शुक्रबार १४:०९

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर वृद्धि किन गरेको भन्दै प्रश्न उठाएका छन् ।

कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीलाई अर्थमन्त्रीले शुक्रबार मन्त्रालयमै बोलाएका थिए । अर्थमन्त्री महतले उनीहरुसँग सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै स्पष्टीकरण सोधेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

तर, उनीहरुले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको जवाफ अर्थमन्त्रीलाई दिएका छन् । स्रोतका अनुसार कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेका छन् । अर्थमन्त्री उनीहरुको जवाफमा सन्तुष्ट छैनन् ।

सर्वाधिक ब्याज बढाउनेमा नेपाल बैंक रहेको छ । यसले साउनको तुलनामा भदौमा करिब २ प्रतिशतले ब्याजदर बढाएको थियो । नेपाल बैंकले बढाएको ब्याजदर अनुसार मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत बनाएको थियो ।

कृषि विकास बैंकले पनि सोही ब्याजदर निर्धारण गरेको छ ।राष्ट्रिय वाणिज्य बैंकले भने १ प्रतिशत ब्याजदर बढाएर ९.९९० प्रतिशत पु¥याएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*