यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठ)

१ भाद्र २०८०, शुक्रबार १६:२९

नेपाल राष्ट्र बैंकले देशको वार्षिक औषत मुद्रास्फीति ७।७४ प्रतिशत रहेको जनाएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६।१ प्रतिशतले र निर्यात २१।४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४।७ प्रतिशतले र निर्यात ४१।७ प्रतिशतले बढेको थियो ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१।२ प्रतिशत र अमेरिकी डलरमा १२।१ प्रतिशतले बढेको छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ११।४ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२।३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३।८ प्रतिशतले बढेको छ ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब पुगेको रिपोर्टमा उल्लेख छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2079.80 (2)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*