गत बर्ष १६ वटा लघुवित्त मर्जरमा सामेल भएर ८ मा कायम

१ भाद्र २०८०, शुक्रबार १६:४७

काठमाडौं । १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन् । राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

वित्तीय पहुँचको आधारमा हेर्ने हो भने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ ।यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १०,५२८ रहेकोमा २०८० असार मसान्तमा ११,५८९ पुगेको छ ।असार मसान्तमा प्रतिशाखा जनसंख्या २५३२ रहेकोमा २०८० असार मसान्तमा २५१७ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*