लघुवित्त कम्पनीहरुको शेयर मूल्य ५ सय माथिदेखि २ हजार रुपैयाँसम्म, राष्ट्र बैंकको को सहुलियतले के असर गर्ला ?(एलटिपी सहित )

२ भाद्र २०८०, शनिबार ०६:५६

काठमाडौं । साताको अन्तिम दिनमा सुधारको बाटो समाउदै ०।२८ अंकको वृद्धि भएको लघुवित्त वित्तिय संस्थाहरुको शेयर मूल्य अधिकांशको घटेको छ ।

राष्ट्र बैंकले जगेडा कोष बलियो बनाउन लगाएको नितिको कारण लाभांशमा सिमा तोकेसँगै एक बर्ष अघि लगानीकर्ताको रोजाईमा पर्ने संस्थाहरुको शेयर मूल्य घट्न थालेको छ।

हिजो मात्रै नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांशमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने भएको छ ।

२०८१ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा लाभांशमा थप सहुलियत प्रदान गरिने भएको छ ।

वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्थामध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एकीकृत कारोबार शुरु गरेको मितिले एक वर्षसम्म छुट दिएको छ ।

सो कारण मर्जरमा गएका कम्पनीहरुमा भने अबको दिनमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ ।

मर्जरमा गएका लघुवित्तहरुलाई सहुलीयत दिएसँगै लघुवित्तप्रतिको आश फेरी पलाएको छ।

यो साता १५ सय माथि तीन लघुवित्तको शेयर मूल्य रहेको छ। बाँकिको शेयर मूल्य ५ सय माथि देखि सुरु भएको छ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*