अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल नियुक्त

३ भाद्र २०८०, आईतवार १३:२६

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको हो ।

उक्त सेयर रजिस्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएको साधारण सेयर सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ।

काठमाण्डौको थापाथली–११स्थित ट्रेड टावरको चौथो तल्लामा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयबाट आज भदौ ३ गतेदेखि सेयर रजिस्ट्रारको कार्य हुनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*