नेपाल बैंकले ८ जना ऋणीको सुनचाँदी लिलाम गरी बिक्री गर्दै

६ भाद्र २०८०, बुधबार ११:२६

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८ जना ऋणीको धितोमा रहेको सुनचाँदी लिलाम मार्फत बिक्री गर्ने भएको छ ।

नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा सुनचाँदी धितो राखि कर्जा लिएको र म्याद समाप्त भैसकेपछि पनि कर्जा चुक्ता नगरेपछि बैंकले १५ दिनभित्र सम्बन्धित शाखामा सम्पर्क राखि कर्जा चुक्ता गरी धितो सामान लैजान आग्रह गरेको छ ।

यस सूचनामा उल्लेखित म्याद समाप्त भएको भोलिपल्ट देखि धितोमा रहेको सुनचाँदीहरु जेजस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम मार्फत बिक्री गरिने बैंकले जनाएको छ ।

धितोको सुनचाँदी लिन इच्छुक व्यक्तिले उक्त दिनदेखि सम्बन्धित शाखाहरुमा सम्पर्क राखि आफूले लिनचाहेको मूल्य बोलकबोल गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*