प्रभु बैंकको भिआरएस सुविधामा कर्मचारी अनिच्छुक, समय थप गरी २ सय कर्मचारी घटाउने तयारी

६ भाद्र २०८०, बुधबार १३:४४

काठमाडौं । प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय अवधि पुनः थप गरेको छ ।

प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको थियो । उक्त भिआरएस योजनामा आवेदक कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका अधिकारीहरु सहभागी नभएपछि बैंकले भिआरएसको म्याद एक सातालाई थपेको हो ।

अहिलेसम्म ४८ जना कर्मचारीले मात्रै जागिर छाड्न आवेदन दिएको बैंक स्रोतले बतायो। बैंक व्यवस्थापनले २ सय भन्दा बढी कर्मचारीले जागिर छाड्ने अनुमान गरेको छ। बैंकमा ३ हजार २ सय बढी कर्मचारी कार्यरत छन्।

बैंकले भिआरएस योजना पाँच वर्षभन्दा कम जागिर भएका सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर) का लागि २० महिनाको कूल तलब र पाँच वर्षमाथि जागिर भएकालाई २४ महिनाको कूल तलब दिएर भिआरएसमा सहभागी गराउने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*