लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा

६ भाद्र २०८०, बुधबार १७:०५

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन सुरु गरेकोछ । साविकको लक्ष्मी बैंक र सनराइज बैंकको शेयर हटेर लक्ष्मी सनराइज बैंकको नाममा शेयर आएको हो ।

शेयर लगानीकर्ताको खातामा आएसंगै नेप्सेमा बैंकको शेयर सुचिकृत भएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । कम्पनीको शेयर एलएसएल सिम्बलबाट कारोबार हुने छ ।

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गरेका हुन्। लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो । यी दुई बैंक समान हैसियत अर्थात् १स्१ को स्वापमा मर्ज हुन भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*