एनएमबि बैंकले धुलिखेल अस्पताललाई गर्यो स्वास्थ्य उपकरणमा सहयोग

६ भाद्र २०८०, बुधबार १७:३८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ लगायत अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो, नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा
प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*