बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

७ भाद्र २०८०, बिहीबार १५:१६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३.७५ को अंकले घटेर २०११ को विन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज मोलुुङ्ग हाइड्रोपावरको ८.५४ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ । आज कम्पनीको शेयरमूल्य प्रतिकित्ता १५ रुपैयाँले घटेर १६२ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज समता घरेलु लघुवित्तको ८.९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ७.८० प्रतिशत, रावा इनर्जि डेभलपमेन्टको ७.७४ प्रतिशत लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*