एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

८ भाद्र २०८०, शुक्रबार ११:३८

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनी चेत प्रसाद भट्टराईको नाममा रहेको १६ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट कुनै आवेदन नआएपछि शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लागिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिकित्ता २०० का दरले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय बिर्तामोड झापामा खरिद गर्न चाहेको विवरण खुलाई निवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*