मेरो माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः दाहाल नियुक्त
८ भाद्र २०८०, शुक्रबार १२:०१

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाललाई आगामि चार वर्षको लागि पुनः नियुक्त गरिएको हो ।
उक्त संस्थामा दाहालको पदावधि भदौ मसान्तसम्म मात्र रहेको थियो । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज एक गतेदेखि लागू हुने गरी आगामि ४ वर्षको कार्यकालका लागि दाहाललाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।