निर्धन उत्थान लघुवित्तद्वारा लुम्बिनी प्रदेशका शाखा प्रमुखहरुलाई एकदिने तालिम प्रदान

१० भाद्र २०८०, आईतवार १६:२९

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा लुम्बिनी प्रदेशको विभिन्न शाखाका शाखा प्रमुखहरुलाई एकदिने तालिम दिइएको छ ।

लघुवित्तमा देखापरेका समस्या र चुनौतीका विरुद्धमा लड्न, नियामक निकायबाट जारी नीति तथा नियमको पालना गर्नेबारे साथै फिल्ड व्यवस्थापन र ग्राहकमैत्री व्यवहारका बारेमा तालिम दिइएको हो ।

उक्त तालिममा नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु जिल्लाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुखको सहभागीता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*