आजदेखि दोस्रो बजारमा कारोबार भएको लक्ष्मी सनराइज बैंकको कति पुग्यो शेयरमूल्य ?

११ भाद्र २०८०, सोमबार १३:४८

काठमाडौं ।आइतबार शेयर नेप्सेमा सूचीकृत भएसँगै आज दोस्रो बजारमा कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य बढेको छ ।

भदौ १० गते लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको हो ।

साविकको लक्ष्मी र सनराइज बैंक एकआपसमा मर्ज भएपश्चात् लक्ष्मी सनराइज बैंकको नाममा शेयर सूचीकृत भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि १७३ रुपैयाँ ५ पैसा सुरुवाती मूल्य तोकेतापनि सोमबार दोस्रो बजारमा कारोबार हुँदा कम्पनीको शेयरमूल्य ५.४० प्रतिशतले बढेर १८२ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*