नाडेप लघुवित्तका सञ्चालक माधव प्रधानको राजिनामा स्वीकृत, कृष्ण नकर्मी बने नयाँ सञ्चालक

१३ भाद्र २०८०, बुधबार ११:०३

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा कृष्ण नकर्मीलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ १२ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले यस अघिका स्वतन्त्र सञ्चालक माधव प्रधानले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत गर्नुका साथै नकर्मीलाई नयाँ सञ्चालकमा नियुक्त गरेको छ ।

सञ्चालक समितिले स्वतन्त्र संञ्चालक माधव प्रधानको राजिनामा भदौ ७ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*